Monday, December 21, 2015

सिरियामा हवाई आक्रमणमा परी ४३ जना मारिए 43 People died in Syria

MR BloggeR | 4:38 PM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस






काठमाडौं, पुस ६ । सिरियामा हवाई आक्रमणमा ४३ जना मारिएका छन् । उत्तरपूर्वी इदलीब शहरमा रुसी लडाकू विमानले गरेको आक्रमणमा उनीहरु मारिएको स्थानीयले जनाएका छन् ।

इदलीबको बजार, वस्ती र भवनहरुमा आक्रमण गरिएको बताइएको छ । झण्डै दुई सय व्यक्ति घाइते भएको घटनामा मारिनेको संख्या अझै धेरै हुनसक्ने जनाइएको छ । राष्ट्रपति बशरअल असदको समर्थनमा रुसले सेप्टेम्बरदेखि सिरियामा हवाई आक्रमण थालेको हो ।

उक्त शहरमा यसै वर्षको शुरुमा सरकार विरोधी इस्लामी गठबन्धनले कब्जा गरेको थियो । रक्कापछि अतिवादी मुस्लिमले इदलीब आफ्नो नियन्त्रणमा लिएका थिए ।(एजेन्सी)

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner