भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
सर्लाहीका तस्कर र वन रक्षकबीच राति करिब ९ बजेतिर गोली हानाहान भएको हो । सहायक वन अधिकृत रामाशंकर यादवले काठ तस्करीमा टायर गाडासहित आएको उक्त टोलीले अन्धाधुन्द फायरिङ गरेपछि वन रक्षकले पनि फायरिङ गरेको बताएका छन् ।
काठ तस्करले वनमा अत्याधिक धेरै फायरिङ गरेपनि वन रक्षकको टोलीले भने २५ राउण्ड गोली प्रहार गरेको यादवले जनाएका छन् । यादवले गोली प्रहारपछि काठ तस्करहरु टायर गाडा र गोरु छाडेर भागेको बताउँदै उनिहरुको खोजी भईरहेको जनाएका छन् ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment