भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
फिदिम- युवतीको इच्छा विपरित जवरजस्ती सिन्दर हालिदएको अभियोगमा पक्राऊ परेका तीनजना विरुद्ध प्रहरीले केहि सार्वजनीक अपराध ऐन अन्तर्गत मुद्धा दर्ता गरेको छ । उनीहरु विरुद्व मंगलवार पाँचथर जिल्ला अदालतमा मुद्वा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । एक साता अघि जिल्लाको फाक्तेप–७ मा आफन्तकोमा पाहुना गएकी जिल्लाकै चोकमागु ७ की एक युवतीलाई धाँन नाच्दा नाँच्दै सिन्दुर हाल्ने २२ वर्षिय भगेन्द्र चेम्जोङले आफ्नो इच्छा विपरित ा विचमा सिन्दुर लगाएर भित्र्याउन खोजको भन्दै युवतीले जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएपछि प्रहरीले मुद्वा चलाएको हो ।सिन्दुर लगाइदिएपछि आफू भागेकीले शारिरीक सम्बन्ध भने नभएको पीडित युवतीले ब

ताएकी छन । प्रहरीले सोमवार जिल्ला अदालत पाँचथरमा सिन्दुर लगाउने चेम्जोङ, युवतीलाई पाउना लिएर जाने चोकमागुकै चेम्जोङका भिनाजु भचिन्द्र तुम्वापो र दिदि चन्द्रमाया तुम्वापो विरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्धा दर्ता गराएको पाँचथरका प्रहरी प्रमुख (डिएसपि) कृष्णप्रसाद कोईरालाले बताए । भर्खर विदेशवाट आएका युवाले दिदि भेनासँग कुरा मिलाएर युवतीलाई सिन्दुर लगाउने षड्यन्त्र गरेको हुनसक्ने प्रहरीको अनुमान छ । युवतीले जाहेरी दिएपछि युवकलाई प्रहरीले झिकाउन खोजेपनि उनी भागेका छन । प्रहरीले खोजी गरीरहेको बताएको छ । जवरजस्ती सिन्दुर लगाउने युवकल पीडित युवती भागेपछि अर्की केटि विवाह गरेको बताइएकको छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
0 comments:
Post a Comment