Tuesday, December 22, 2015

9 students died in Syria

MR BloggeR | 9:04 PM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



सिरिया, ७ पुस । इस्लामिक स्टेट समूहमा आवद्ध जिहादी विद्रोहीहरुले सिरियाको एक विद्यालयमा गरेको आक्रमणमा नौ जना छात्राको मृत्यु भएको छ ।

सिरियाको राज्य नियन्त्रित समाचार संस्था, सानाले मङ्गलबार बताएअनुसार सिरियाको पूर्वमा अवस्थित डेइर एजरमा मङ्गलबार विद्रोहीले गरेको आक्रमणमा परी नौ जना छात्राको मृत्यु भएको छ । घटनामा करिब २० जना घाइते भएका छन् ।

सिरियाको मानवअधिकार अनुगमन संस्थाले पनि घटनामा नौ जनाको मृत्यु भएको र करिब दुई दर्जन विद्यार्थी घाइते भएको जनाएको छ ।

कैयौँ विद्यार्थी गम्भीर रुपमा घाइते भएको जनाउँदै मानवअधिकारकर्मी रमी अब्देल रहमानले मृतकको सङ्ख्यामा अझै वृद्धि हुनसक्ने बताउनुभयो ।

घटनाको सिरियाली सरकारद्वारा भत्र्सना गरिएको छ ।

घटनाबारे प्रतिक्रिया दिँदै सिरियाली प्रधानमन्त्री वाएल अल हलाकीले भन्नुभयो, आतङ्कवादीले रकेटको निशाना शैक्षिक केन्द्र बनाए पनि सरकारले विद्यालयको सुरक्षालाई थप मजबुत पार्दै आफ्नो देशका भविष्यका कर्णधारलाई शिक्षाबाट वञ्चित हुन नदिने बताउनुभयो ।

पेट्रोलियम पदार्थका लागि सम्पन्न मानिएको डेइर एजर स्लामिक स्टेट समूहले सन् २०१३ देखिनै आफ्नो पकड क्षेत्रका रुपमा लिँदै आएको इलाका हो ।

पछिल्ला केही दिनयता डेइर एजरमा अमेरिकी नेतृत्वको सुरक्षा संयन्त्र तथा रसियाली सेनाले आईएस विद्रोहीविरुद्ध हवाई तथा स्थल कार्बाही भइरहेको क्षेत्र हो ।

सिरियामा करिब पाँच वर्ष लामो द्वन्द्वका कारण दुई लाख ५० हजार मानिसको मृत्यु भएको छ ।

यस्तै द्वन्द्वका कारण लाखौँ सिरियाली नागरिक घर छोडी अन्यत्र जान बाध्य भएका छन् ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner