Tuesday, December 22, 2015

आइतबारको आकस्मिक मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सकारात्मक भन्दै भारतद्धारा स्वागत

MR BloggeR | 4:55 AM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



काठमाडौँ, ६ पुस– आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको निर्णयलाई भारतले स्वागत गरेको छ ।



सोमबार भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालको मन्त्रिपरिषदको बैठकलाई स्वागत गरेको हो । विज्ञप्तिमा हिजोको मन्त्रिपरिषद् बैठकले समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न संविधान संशोधन विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउने निर्णयको स्वागत गरिएको छ ।

यसका साथ साथै नेपालको अवस्था सामान्य हुने र दुई देशबीचको व्यापार सहज हुने विश्वास पनि भारतले गरेको छ। भारतले निर्धारित समयभित्र रचनात्मक संवादबाट संविधानको बाँकी विषयमा सन्तोषजनक समाधान खोज्न नेपालका दलहरलाई आवश्यक परिपक्वता र लचकता देखाउन आग्रह’ गरेको छ।

विज्ञप्तिमा उपप्रधानमन्त्री र परराष्ट्र मन्त्री कमल थापाले विदेश मन्त्री सुषमा स्वराजलाई आज मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएको उल्लेख छ ।



के निर्णय गरेको थियो आइतबारको मन्त्रिपरिषद बैठकले ?


निर्णय १. राज्यका निकायहरूमा समानुपातिक समावेशी सहभागिता सुनिश्‍चित गर्ने तथा संविधान प्रारम्भ हुँदा कायम रहेका प्रत्येक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र कायम रहने गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि संविधानमा संशोधनका निमित्त संसदमा पेश भएको विधेयक पारित गर्न प्रक्रिया अघि बढाइने छ ।

निर्णय २. प्रदेश सिमाङ्कनका सम्बन्धमा आन्दोलनरत दलहरूले उठाएको मागलाई समेत दृष्टिगत गर्दै राजनीतिक सहमति अनुरुप संविधानमा उपयुक्त व्यवस्था गरिने छ । यस्तो राजनीतिक सहमतिका लागि एक राजनीतिक संयन्त्र गठन गरिने छ । उक्त संयन्त्रले ३ महिना भित्र सुझाव सहितको प्रतिवेदन दिनेछ ।

निर्णय ३. यस बाहेक नागरिकता लगायतका अन्य मागहरूलाई समेत वार्ता र सहमतिका आधारमा उचित समाधान खोज्न सकिने छ । असहमति र विरोधलाई शान्तिपूर्ण र कानूनसम्मत ढंगले प्रकट गर्ने अधिकारको सम्मान गर्दै आन्दोलनरत दलहरूका मागहरूलाई उपर्युक्त बमोजिम सम्बोधन गर्ने नेपाल सरकारबाट स्पष्ट प्रतिवद्धता व्यक्त भैसकेको हुँदा तत्काल आन्दोलन फिर्ता लिन सम्बद्ध पक्षहरूसंग सरकार आह्वान गर्दछ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner