भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
काठमाडौं, पुस ४ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास सुरु गरेको छ । मधेसी मोर्चाका नेताहरुलाई बोलाएर शनिबार कांग्रेसले उनीहरुका माग सम्बोधनका उपायबाट छलफल गरेको छ ।
सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा शनिबार भएको मधेसी मोर्चाका नेताहरुसँगको वार्तामा मधेसी मार्चाले
वार्तापछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै पक्षले अहिलेको राजनीतिक अस्थिरताको निकासबारे आ–आफ्नो धारणा राखे पनि ठोस निष्कर्ष भने नआएको जानकारी दिए ।
अध्यक्ष यादवले मधेसका समस्याप्रति सरकार गम्भिर नभए नाका र राजमार्ग अवरोध गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले वार्ताका लागि मात्र वार्ता गर्नुको औचित्य नहुने भन्दै ठोस प्रस्तावका साथ वार्ता भए मात्र मधेसका समस्या समाधान हुने बताए ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले वार्ताका क्रममा आन्दोलनरत मधेसी मार्चालाई सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेर निकास खोज्न आफूहरुले आग्रह गरेको बताए ।
उनले सहमतिको वातावरण बनाउन कांग्रेस तयार रहेको भन्दै वार्ताबाटै समस्याको समाधान हुनेमा आफूहरु आशावादी रहेको बताए ।
कांग्रेस र मधेसी मोर्चाबीचको वार्ताले ठोस परिणाम नल्याएको भए पनि छलफललाई भने निरन्तरता दिँदै जाने सहमति भएको नेताहरुले बताएका छन् ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment