Tuesday, December 22, 2015

एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने प्रधानमन्त्रीको दाबी

MR BloggeR | 5:01 AM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



काठमाडौं, पुस ७ । प्रधानमन्त्री केपी ओलीले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने योजनालाई सफल बनाउने दाबी गरेका छन् ।

संसदको कृषि तथा जलश्रोत समितिको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले लोडसेडिङ अन्त्य गर्ने कुरा धेरैलाई विश्वास नलागे पनि सरकारले काम गरेर देखाउने बताए ।

लोडसेडिङ अन्त्यकालागि चालिने काममा अवरोध गर्ने जोसुकैलाई नछाड्ने उनको चेतावनी थियो ।


निर्माणाधीन आयोजनाहरुलाई द्रुत गतिमा अघि बढाउने भन्दै प्रधानमन्त्री ओलीले अन्य वैकल्पिक व्यवस्थाहरुलाई पनि अघि बढाउने योजना सुनाए । सिंहदरबार क्षेत्रलाई सोलारबाट आत्मनिर्भर बनाउने, सुरक्षा निकाय र विद्यालयहरुमा पनि सोलार जोड्ने उनको भनाई थियो ।

समितिको बैठकमा समितिका सभापति गगन थापाले आयोजनाहरु रोकिनुका कारणहरु सहितको प्रतिवेदन पेश गरेका थिए । एउटा आयोजनाका लागि ७ वटा मन्त्रालय, २३ वटा विभाग र ३६ वटा कानुनमा टेक्नुपर्ने झण्झटका कारण काम ढिलो हुने गरेको थापाको प्रतिवेदनमा उल्लेख छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner