Tuesday, December 22, 2015

बीपी राजमार्गमा ठूला सवारी साधनलाई प्रतिबन्ध

MR BloggeR | 8:04 PM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



सिन्धुली, पुस ७ । बनेपा–सिन्धुली–बर्दिबास (वीपी राजमार्ग)सडकअन्तर्गत सिन्धुलीमाडी–खुर्कोट खण्डमा १६ सिट भन्दा माथिका सार्वजनिक यातायातका साधन र मालबाहक सवारी साधनको सञ्चालनमा रोक लगाइएको छ ।

सडक दुर्घटना न्युनीकरण गर्न भन्दै मंगलबारदेखि ठूला र मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

style="text-align: justify;">सचिवस्तरीय निर्णयअनुसार सिन्धुलीमाडी–खुर्कोट खण्डमा १६ सिटसम्मका जीप, माईक्रो बस र मिनीबस प्रकृतिका सवारी साधन मात्र सञ्चालन अनुमति दिने नीतिलाई कार्यान्वयन गराउन आजदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालयले ठूला सवारी साधनको आवागमनलाई रोकेको हो ।

एक वर्षअघि निर्माण सम्पन्न यो सडकमा सडकको क्षमताभन्दा ठूला सवारी साधन सञ्चालन गराउँदा ठूला दुर्घटना भएपछि यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सडक आयोजना कार्यालयको सिफारिसका आधारमा सरकारले सिन्धुली–खुर्कोट खण्डमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner