Tuesday, December 22, 2015

अन्ततः उपेन्द्र, राजेन्द्र, महन्थ र महेन्द्रलाई आजिवन जेल सजायँ !

MR BloggeR | 3:53 AM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



काठमाडौं, ६ पुस । अन्ततः मधेसी मोर्चा चार शीर्ष नेतालाई आजिवन जेल हाल्न सरकारलाई दबाब परेको छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेकै भातृ संगठन युवा संघ नेपालले मधेसी मोर्चामा आबद्ध चार दलका चार शीर्ष नेता उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्रराय यादवलाई राज्यद्रोहको अभियोग लगाएर आजिवन जेल हाल्न दबाब दिएको हो ।

सोमबार राजधानीमा पत्रकार सम्मेलनै गरेर युवा संघले राष्ट्रविरुद्ध अपराध गरेको आरोप लगाउँदै चारै नेतालाई आजिवन काराबासको माग गरेको हो । यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिल्यैदेखि दबाब दिँदै आएको समेत युवा संघले खुलासा गरेको छ ।

मधेस आन्दोलनका आधारभुत माग सम्बोधनको भइसकेको भन्दै युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले पत्रकार सम्मेलनमा भने- ‘उनीहरुका नाजायज माग मधेसी जनताबाटै अस्वीकृत भइसकेका छन् । तर, उनीहरु सत्ता स्वार्थका लागि राज्य विरुद्ध अपराध गर्दैछन् ।’


पत्रकार सम्मेलनमा युवा संघ नेतृत्व

संविधानको संरक्षक रहेकी राष्ट्रपति विद्या भण्डारीको अपमान गरेको भन्दै युवा संघले मधेसी मोर्चाविरुद्ध कडा आक्रोश पोखेको छ । राष्ट्रपतिमाथि भएको दर्व्यवहार कुनै पनि हिसाबले क्षम्य नभएको भन्दै अध्यक्ष पहारीले दोषीलाई कारवाही नभए युवा संघले कारवाही गर्ने चेतावनी दिए । उनले भने- ‘मधेसवादी दलका शीर्ष नेताहरु मुलुकलाई टुक्राउने खेलमा लागेका छन्, तिनीहरुलाई सरकारले तुरुन्त गिरफ्तार गरेर राज्यद्रोहको अभियोग लगाउनुपर्छ ।’

यसैगरी मधेसका १८ जिल्लामा मधेस जागरण तथा संवाद अभियान सञ्चालन गर्न संघले जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।

जसअनुसार अध्यक्ष पहारी पर्सामा खटिनेछन् भने उपाध्यक्ष दिलु पन्त धनुषामा खटिने संघले जनाएको छ । त्यस्तै अर्का उपाध्यक्ष रमेश पौडेल सिराहा, चन्द्र लामा रुपन्देही, गोविन्द थापा झापा, महासचिव किरण पौडेल सप्तरीमा खटिनेछन् ।

सचिव मन्जु यादव महोत्तरी, नरेश शाही सुनसरी, परशुराम बस्नेत मोरङ र क्रान्ति बुर्लाकोटीले नवलपरासीको जिम्मेवारी लिएकी छिन् ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner