भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
काठमाडौं – भुकम्प पीडितका नाममा आफ्ना नातिनीले चीन भ्रमण गर्न थालेको समाचार प्रकाशमा आएपछि एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड आश्र्चयमा परेका छन् । उनले आफूलाई थाहा समेत नदिई उनीहरुको नाम परेको भन्दै यसवारे गृहमन्त्री शक्ति बस्नेतसँग स्पष्टीकरण लिएका छन् ।
‘पत्रपत्रिकामा नाम पढेर म पनि आश्चर्यमा परेको छु । मलाई केही थाहा पनि छैन र जानकारी पनि गराइएको थिएन’, प्रचण्डले रातोपाटीसँग भने, ‘यस विषयमा मैले गृहमन्त्रीसँग पनि सोधेको छु ।’
गृहमन्त्री बस्नेतले आफ्नो सचिवालय र मन्त्रालयका कर्मचारी मिलेर नाम तयार पारेको बिफ्रिङ गरेका छन् ।
प्रचण्डले संविधान निर्माण प्रक्रियामा आफूले खेलेको भूमिका र राष्ट्रियताको पक्षमा उभिएको बेला बदनाम गराउन यस्तो षडयन्त्र गरिएको दाबी गरेका छन् ।
गृहमन्त्रालयका कर्मचारीले मन्त्रीलाई खुसी बनाउन आफ्ना छोराछोरीसहितको सूची तयार पारेको गृहमन्त्रालय स्रोतले बतायो ।
भुकम्पपीडित जिल्लाका लागि आएको कोटामध्ये केहीमा गृहमन्त्री बस्नेत छोरी र प्रचण्डका नातिनीको समेत नाम समावेश भएको समाचार शुक्रवार प्रकाशमा आएको थियो ।
यस्तो समाचार आएपछि प्रचण्डले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment