Tuesday, December 22, 2015

गौरमा प्रहरीको गोली लागेर मृत्यु भएका प्रदर्शनकारीको शव चार बुँदे सहमतिपछि आफन्तले बुझे

MR BloggeR | 8:29 PM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



गौर, पुस ७ । स्थानीय प्रशासनसँग चार बुँदे सहमति भएपछि रौतहट सदरमुकाम गौरमा गत आइतबार प्रहरीको गोली लागेर मृत्यु भएका शेष तबरेजकोे शव आफन्तले बुझेका छन् ।

परिवारजन र मधेसी मोर्चासँग भएको वार्तामा स्थानीय प्रशासनले तबरेजलाई सहिद घोषणाका लागि सिफारिस गर्ने, परिवारलाई क्षतिपूर्ति दिने, परिवारका एक सदस्यलाई रोजगारीकोव्यवस्था र दोषी प्रहरीलाई कारवाही गर्ने सहमति गरेपछि आफन्तले शव बुझेका हुन् ।

तबरेजको भोलि तेजापाकड गाविसमा अन्त्येष्टि गरिने जनाइएको छ । शव बुझेपछि जिल्ला अस्पतालबाट निकालिएको शव यात्रामा हजारौंको सहभागिता थियो ।

जुद्ध उच्च माध्यमिक विद्यालय गौरमा कक्षा १० मा अध्यनरत तेजापाकड गाविस– ८ का १८ वर्षीय तबरेजको गत आईतबार प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

आफन्तले शब बुझेपछि सदरमुकाम गौरमा तीन दिनदखि लगाएको कर्फ्यु पनि प्रशासनले हटाएको छ ।

- See more at:

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner