Sunday, December 13, 2015

बन्द गराउदै हिड्ने संघीय लिम्बुवानका सचिव सहित ७ जना कार्यकर्ता झापाबाट पक्राउ

MR BloggeR | 7:15 AM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



झापा २७ मंसीर – ( फाइल तस्विर )अरुण पूर्वका नौं जिल्लालाई लिम्बूवान स्वायत्त राज्य स्थापनाको मागसहित नौं जिल्लामा अनिश्चितकालीन चक्काजामको आह्वान गर्दै हिड्ने संघीय लिम्बुवान पार्टी नेपालकका केन्दीय सचिव सहित ५ जनालाई प्रहरीले आज झापाको बिर्तामोडबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संघीय लिम्बुवान पार्टी नेपालका सचिव विषम थापा मगर सहित सोही पार्टीका मंगल राई, अर्जुन तामाङ, उपेन्द्र एक्तेन र मोहमद हिमरोज रहेका छन् । विहानैबाट यातायातका साधन जवरजस्ती बन्द गराउदै गरेको अवस्थामा उनीहरुलाई बिर्तामोडबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

झापा ,मोरङ र सुनसरीलाई प्रदेश नम्बर एकबाट टुक्राउन नपाइने भन्दै सो पार्टीले आह्वान गरेको चक्काजामका कारण राजमार्गमा छिटफूट रुपमा मात्र यातायातका साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यालयका गाडीसमेत विहान चल्न नदिइएका कारण आज झापामा सञ्चालित विद्यालयमा पनि पठनपाठन अवरुद्ध भएको छ ।

उता प्रहरीले झापाको काँकरभिट्टाबाट पनि उक्त पार्टीका दुई जना कार्यकर्तालाई वजार बन्द गराउदै हिड्ने क्रममा पक्राउ गरेको जनाइएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामकृष्ण अधिकारीका अनुसार संघीय लिम्बुवान पार्टी नेपालकका जिल्ला सदस्य सामी पालुङ्वा र अमर योङ्हाग पक्राउ परेका हुन् । लिम्बूवान भूभागको रक्षाका लागि आन्दोलन सुरु गरिएको संघीय लिम्बुवान पार्टी नेपालका उपाध्यक्ष खगेन्द्र माखिमले बताउनुभयो ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner