Saturday, December 19, 2015

हिमाली जिल्लामा अत्याधिक चिसो बढ्यो, तापक्रम माइनस ७ डिग्रीभन्दा तल

MR BloggeR | 10:04 PM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



लमजुङ, पुस ५ । हिमाली जिल्लाहरुमा अत्याधिक चिसो बढेसँगै बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । मनाङ, हुम्ला, जुम्ला, मुस्ताङलगायतका जिल्लामा तापक्रम माइनस ७ डिग्रीभन्दा तल झरेसँगै सर्वसाधारणको दैनिकी कष्टकर बनेको हो ।

खप्नै नसक्ने चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् भने सरकारी कार्यालयका कामसमेत प्रभावित बनेकोछ । मनाङमा भने तापक्रम माइनस ११ डिग्रीबाट पनि ओरालो लागेको छ ।

अत्याधिक चिसोले गर्दा जनजीवन नराम्ररी प्रभावित बनेको छ । दिउँसो माइनस ७ डिग्री र राति माइनस ११ डिग्रीसम्म पुग्ने गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

यस्तै जुम्ला र मुस्ताङमा भने माइनस ७ र हुम्लामा माइनस ९ डिग्रीसम्म पारो ओर्लिएको छ । दिनमा भने तीनै जिल्लामा ८ डिग्रीसम्म तापक्रम पुग्ने गरेको हाम्रा जिल्ला संवाददाताहरुले जनाएका छन् ।

चिसोले बाहिर निस्कन नसकेपछि सर्वसाधारण घरभित्रै आगो तापेर बस्ने गरेका छन् । अत्याधिक चिसोले राति खोला र धारामा समेत पानी जम्ने गरेको छ । दिउँसो तातेपछि मात्र बग्ने गरेको छ । पानी जम्दा स्थानीयलाई सबैभन्दा बढी समस्या खानेपानीमा परेको छ । धारामा आउने पानी नै जमेपछि पानीको लागि घाम कुर्नुपर्ने बाध्यता छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner