Saturday, December 12, 2015

यस्तो छ दिल्लीमा भएको तीनबुँदे प्रस्तावको अन्तरकथा

MR BloggeR | 12:06 PM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



काठमाडौँ २६ मंसिर । प्रचार–प्रसारका साथ सुरु भएको दिल्ली भ्रमण अघिल्लोपटक असफल भएपछि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा यसपालि निजी भ्रमण भन्दै भारततिर लागेका थिए । उनी पहिले बेंग्लोर गए, जहााबाट आफ्ना गुरु श्रीश्री रविशंकरलाई साथै लिएर नयाँदिल्ली फर्किए । जहाजमै उनी भारतका पूर्वअर्थमन्त्री पी चिदम्बरमसँग दुई घन्टा गफिएका थिए । थापा इन्दिरा गान्धी विमानस्थलमा ओर्लिएपछि कफी पसलमा रविशंकरसँग आधा घन्टा बिताए । थापाले भोलिपल्ट भारतीय समकक्षी सुष्मा स्वराजलाई भेट्ने तय भइसकेको थियो । तर, उनी सकेसम्म मोदीलाई नै भेट्न चाहन्थे । ६ वर्षअघि थापाले श्रीश्री रविशंकरकै सूत्र लगाएर मोदीलाई गुजरात पुगेर भेटेका थिए ।

त्यसवेला मोदीलाई भेट्न थापाले आफ्नो बायोडाटासमेत पठाएका थिए । यसपालि पनि भेट्ने आशामा थापाले अप्ठ्यारो मान्दै भने, ‘नेपालको उपप्रधानमन्त्री थापा दिल्लीमा छ, भेट्दा हुन्छ भनेर कुरा राख्नुस् । भेटौँ न त भन्नुभयो भने मलाई खबर गर्नुस् ।’ रविशंकरले भोलिपल्ट मोदीलाई भेटे । तर, थापालाई भने समय दिएनन् । दिल्ली फर्केको साँझ नेपाली दूतावासमा नेपालका हितैषी मानिने सीताराम येँचुरी, विजय जोली, डी राजा, पवन बर्मालगायतका सांसद र भाजपाका केही नेतासहितको जमघट भयो । त्यो जमघटमा थापाले नाकाबन्दी भारतबाटै भएकोमा आफू कहीँ–कतै द्विविधामा नभएको भनिरहँदा भाजपाका नेताहरूसँग भनाभन भयो । थापाको जवाफ थियो, ‘रोटी–बेटीको सम्बन्ध भन्ने, नाकाबन्दी लगाउने ? यो मिल्दैन ।’

दिउँसो १ देखि २ बजेसम्म दुई परराष्ट्रमन्त्रीबीच भेट भयो । भारतीय विदेशमन्त्री स्वराजको प्रस्तुति सहज थिएन । उनले भातविरोधी भावना फैलिएको, भारतमाथि धम्की दिइएको भन्दै नेपालले चाहिँदैन भनेमा भारतमा रोकिएका ११ हजार गाडी फर्काइदिने कुरा गरिन् । उनले भारतसँग सम्बन्ध चााहेको छ कि छैन भनेर प्रश्न गरेर नेपालले चाँडै यसको जवाफ दिनुपर्ने भन्दा नेपाली पक्ष छक्क पर्‍यो ।

मधेसी मोर्चा अघि सरे पनि राज्यसभाको बहस प्रभावित भएन । कंग्रेसका मणिशंकर ऐयर, राष्ट्रवादी कंग्रेसका डिपी त्रिपाठी, जनता दल युनाइटेडका पवन बर्माले भूकम्पपीडित नेपालमा मानवीय संकट निर्यात गरेको भनेर भारतीय संस्थापनको कडा आलोचना गरे । कंग्रेसका मणिशंकर ऐयरले त यतिसम्म भने, ‘नाकाबन्दी भारतले होइन, मोदी सरकारले गरेको हो ।’ आन्तरिक राजनीतिमा हस्तक्षेप भएको, सरकार विदेश मामिला सञ्चालनमा असफल भएको चर्को आवाज संसद्मा आयो । विदेशमन्त्री स्वराजको जवाफ रक्षात्मक बन्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner