भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
काठमाडौं, मंसिर २७ । भारतीय सिमा नाकाहरु क्रमशः खुकुलो हुँदै गएका छन् । दुई महिना देखि जारी भारतको अघोषित नाकाबन्दीका कारण अवरुद्ध सिमा नाकाहरुबाट शनिबार उल्लेख्य मात्रामा पेट्रोलियम पदार्थ, खाद्यान्न र अन्य गाडिहरु नेपाल प्रवेश गरेका छन् ।
मेची भन्सार (कांँकडभिट्टा नाका)
justify;">कांँकडभिट्टा–पानीट्याङ्की नाकाबाट १ बुलेट ग्यास सहित खाद्यान्न, अन्य वस्तुको समेत गरी १ सय ३८ वटा मालबाहक गाडी नेपाल प्रवेश गरेको भन्सार कार्यालले जनाएको छ । यसदिन यस नाकाबाट पेट्रोलियम पदार्थ नभित्रिएको जनाइएको छ ।
रानी भन्सार (मोरङ्ग)
विराटनगर–जोगबनी नाकाबाट शनिबार १८ ट्यांकर डिजेल, ४ ट्यांकर पेट्रोल, ९ बुलेट ग्यास र १ ट्रक औषधिसहित करिब १ सय ४० मालबाहक गाडी नेपाल प्रबेश गरेका छन् ।
भैरहवा भन्सार (बेलहिया नाका)
भैरहवा नाकाबाट डिजेल ८, पेट्रोल २ नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ । यसदिन यस नाकाबाट ८२ जटा गाडि नेपाल भित्रिएको जनाइएको छ ।
बाँके भन्सार (नेपालगञ्ज नाका)
नेपालगञ्ज–रुपैडिहा नाकाबाट २० ट्यांकर डिजेल, ३ ट्यांकर हवाई ईन्धनसहित ६० मालबाहक गाडी नेपाल भित्रिएको जनाइएको छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment