Sunday, December 13, 2015

आज राति वर्षभरिकै ठुलो उल्कापात हुँने

MR BloggeR | 5:11 AM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

मंसिर २७, स्थानीय समयअनुसार आज राति करिव दुई बजेतिर यो वर्षको अन्तिम उल्कापात हुने खगोलशास्त्रीहरुले बताएका छन् । ग्रेगोरियन क्यालेण्डरअनुसार यो वर्षको सबै भन्दा ठुलो उल्कापात आज राति हुँदैछ ।

नेपाल खगोल समाजका अध्यक्ष सुरेश भट्टराईले मौसम सफा भएमा काठमाडौंबाट आकाशमा २–३ घण्टासम्म उल्का बर्षा हेर्न सकिने भन्दै यो उल्का वर्षा एक घण्टामा १ सय २० वटासम्म देख्न सकिने बताए । खगोलशास्त्रीहरुले प्रतिघण्टा १० वटासम्म तारा देखिएमा उल्का वर्षा भएको भन्ने गर्छन् ।

अन्तरिक्षमा रहेका धुमकेतु वा छुद्र ग्रहबाट चोइटिएर अन्तरिममा रहेका कणहरु वायुमण्डलमा प्रवेश गर्दा घर्षणको कारण चम्किने गर्दछ र त्यसलाई सुर्यको प्रकाश पर्दा त्यो चम्किलो बन्ने भएकाले यसलाई पृथ्वीबाट आकर्षण देखिन्छ । यो वर्ष देखिने उल्का वर्षा मिथुन ताराबाट हुने भएको जस्तो देखिन्छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner