Tuesday, December 22, 2015

मानव तस्करीको नयाँ जुक्ति : सिरियाली शरणार्थी बनाएर लगिँदै नेपाली

MR BloggeR | 8:53 PM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



काठमाडौं । युद्धग्रस्त सिरियालगायत मुलुकका शरणार्थी यतिबेला युरोपली देशका शिविरहरु भरिभराउ छन् । त्यही भीडमा नेपाली नागरिकसमेत रहेको पत्ता लागेको छ ।

मानव तस्करले सिरिया, रुस, इराक र अफ्रिकी मुलुक हुँदै नेपालीलाई युरोप लगेका हुन् । रोजगारीको खोजीमा रहेका नेपालीलाई सिरियाली शरणार्थीको भीडमा मिसाएर भूभध्य सागरको खतरनाक यात्रापछि युरोप पुर्याउने गरिएको छ ।

उत्तरी युरोपेली मुलुक फिनल्यान्डमा बसोबास गर्दै आएका गैरआवासीय नेपालीले त्यस्ता शिविरमा दोभासेको काम गर्ने क्रममा यो तथ्य पत्ता लागेको हो । गैरआवासीय नेपाली महासंघ फिनल्यान्डका पदाधिकारीले त्यसबारे अध्ययन थालेका छन् ।

इराकी र सिरियालीसँग अनुहार र छालाको रंग मिल्ने भएकाले शरणार्थीको भीडमा मिसाउन मानव तस्करका लागि सहज भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner