Sunday, December 13, 2015

भारतलाई चीनले दियो ठूलो झट्का

MR BloggeR | 7:54 AM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

काठमाडौं, ११ असोज । नाकाबन्दी गरेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको भारतलाई छिमेकी देश चीनले ठूलो झट्का दिएको छ ।
नेपाल-चीन सीमा नाका रसुवागढीबाट यसैहप्तादेखि राजधानी काठमाडौंमा चिनियाँ सामाग्री पठाउने घोषणासँगै भारतलाई ठूलो झट्का लागेको हो । यसले भारतको व्यापारमा समेत घाटा हुने देखिएको छ ।

त्यसका लागि रसुवागढी नाका खोल्न नेपाल र चीनबीच सहमति भइसकेको छ । भने, नेपालतर्फ सम्पूर्ण तयारी पूरा भएको छ । अब चीनले आफ्नो भूभागमा पर्ने बाटोमा रहेको पहिरो तीन दिनमा हटाउने जनाइसकेको छ ।
सम्भवतः अबको तीन दिनपछि नै रसुवागढी नाका सूचारु हुने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले बताए । ‘पहिरोले अवरुद्ध चीनतर्फको बाटो खोल्न तीन दिन लाग्ने कुरा आएको छ, बाटो खुल्ने बित्तिकै हामी सामान पाठाउछौं भनेर उनीहरुले भनेका छन्,’ सचिव उपाध्यायले भने ।
यता रसुवागढी भन्सार कार्यालय पनि चीनबाट सामान आए जाँच पास गर्न तयारी अवस्थामा छ । भन्सार प्रमुख केदार पनेरुले चीनले जति सामान पठाए पनि जाँचपास गर्न सक्ने अवस्थामा आफूहरु रहेको बताए । ‘नेपालतर्फ अब कुनै समस्या छैन, बाटोमा भएका समस्या पनि समाधान गरेका छौं । चीनले जति गाडी पठाए पनि काम गर्न सक्ने अवस्थामा अब भन्सार कार्यालय छ । सामान आए काठमाडौं पठाउन सक्छौं.

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner