भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
तिलकलाई आइतबार बेलुका हत्या गरि खाल्डोमा पुरिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । आइतबार बिहान स्कुल गएका तिलक साँझ घर फर्की खेल्न बाहिर गएको बेलामा उनको हत्या भएको हुन सक्ने प्रहरीको भनाइ छ । उनि मोहन्याल बोर्डिङ स्कुलमा ३ कक्षामा पढ्थे ।
चौमला बजारमै घर भएका तिलकले स्कुलबाट पर्केर नजिकैको होटलमा खाजा खाई पसलमा रहेका बुबालाई पनि खाजा ल्याएर दिएका थिए । खाजा खाई सकेपछि पसलबाट खेल्न निस्केका उनि साँझसम्म पनि घर नआउँदा बेलुका ६ बजेबाट उनको खोजी गरेको मृतकका बुबा जनकराजले बताएका छन् ।
बेलुका ८ बजेतिर बजारको पछाडी माटोले पुरिएको अवस्थामा बालकको शव फेला पारिएको मृतकको बुबा जोशीले बताए । बालकको घाँटीमा निलडाम रहेकाले उनलार्ई घाँटी च्यापेर हत्या गरि खाल्डोमा पुरिएको हुन सक्ने आशंका गरिएको छ
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment