भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
वीरगन्ज, पुस ७ । ‘हरेक रात घन्टैपिच्छे दृश्य फरक यहाँको’,असोस ७ देखि अनवरत वीरगन्ज–रक्सौल सीमा नाकामा धर्ना बसिरहेका पर्सा, सुगौलीबिर्ताका सकुर आलमले सुनाए,‘यहाँ रात बिताउनु सजिलो काम होइन ।’
दसगजा नाकामा करिब दर्जन धर्नाकारी यस्ता छन् जसले न साउनेझरी भने न पुसको ठन्डी निरन्तर धर्ना
नाकाबन्द गरेर आपूर्ति रोक्दै सरकारलाई आन्दोलनका मागहरुमा सहमत गराउन धर्ना तीन महिनादेखि जारी छ । धर्ना सुरु हुँदा यहाँ ‘सामियाना’(आकाश छेडेर छाया बनाउने परम्परागत टेन्ट) लगाएको थियो । त्यति बेला गर्मी थियो, घाम छले पुग्थ्यो । बीचमा पानी पर्दा प्लाष्टिकको पाल हालियो । अहिले सुरुङजस्तो पारिएको पालको टेन्ट छ । अहिले बढ्दो शीतलहर सामना यही पालको सहारामा सामना गरिरहेछन् धर्नाकारी ।
झरीको मौसमदेखि शीतलहरसम्म केही कुरा भने यहाँको माहोलमा निरन्तर छ । ‘त्यो हो दुर्गन्ध, लामखुट्टे, स्याल, भुस्याहा कुकुर, राति आउने रक्स्याहा र तस्कर’, नियमित धर्नामा रात विताएका मध्ये कृष्ण पटेल कुर्मीले भने,‘मौसमको प्रकोप र यी समस्याबाहेक खाने पानी नहुनु र दिसापिसाब गर्न टाढा जानुपर्ने समस्या र आक्रमणको भय निरन्तर छ नाकामा ।’
साँझ पर्नुअघि मान्छेहरुको आउजाउ र धर्नामा ऐक्यबद्धता जनाउन आउनेको घुइँचो हुन्छ । सूर्यास्तपछि रात बाक्लिँदै जाँदा अवस्था फरक हुँदै जान्छ ।
‘अँध्यारो हुनासाथ सबै कुरा फेरिएको हुन्छ, देखिने कुरा कम हुन्छ, सुनिने आवाज बढी हुन्छ ।
अध्याँरो बाक्लिएपछि इन्डियन नम्बरको मोटरसाइकल लिएर वीरगन्जतर्फबाट आउनेहरु एकदुई वचन नलगाई बाटो लाग्दैनन, यहींबाट तनाव सुरु हुन्छ’, आलमले सुनाए । ‘करिब आठ बजेसम्म यो क्रम चल्छ ।’ यहीबीच आन्दोलनकारी पारि चलेको मेसमा, कोही वीरगन्ज भन्सार छेउ होटलमा खाना खान पालैपालो निस्कन्छन । धर्नास्थलमा उपस्थिति पातलिन्छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment