भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले सोमबार विश्व क्रिकेट लिग च्याम्पियन्सिपअन्तर्गत् तेस्रो चरणका खेलको मिति र खेल स्थान सार्वजनिक गरेको छ ।
जसअनुसार आगामी वैशाख ४ र ६ गते नेपालले त्रिभुवन विश्वविद्यालयको
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा यसअघि खेलेको स्कटल्यान्ड र पपुवा न्यूगिनीसँगको ४ ओटै खेल गुमाएको नेपाल खाता नखोली अंकतालिकाको पुछारमा छ ।
समान ४ खेलमा एक खेल जितेको नामिबिया २ अंकसहित अंकतालिकाको छैठौं स्थानमा छ ।
आइसीसीले यसअघि पनि विश्व क्रिकेट लिगअन्तर्गत् दोस्रो चरणको पपुवा न्यूगिनीविरुद्धको खेल काठमाडौंमा गर्ने निर्णय गरेको थियो । तर, तोकिएको मापदन्ड पूरा नगरेको र कमजोर व्यवस्थापनको कारण देखाउँदै आइसीसीले काठमाडौंमा हुने भनिएको खेल युनाइटेड अरब इमिरेट्स (युएई)मा सारेको थियो ।
यसपटक पनि काठमाडौंमा खेल गर्ने निर्णय गरेको आइसीसीले खेल आयोजना हुने समयसम्म मैदान तोकिएको मापदन्डको बनाउनुपर्ने तथा सुरक्षा व्यवस्थाको उचित प्रबन्ध हुनुपर्ने शर्त राखेको छ । प्रतियोगितामा कुल ८ टोली सहभागी छन् । - See more at: http://www.imagekhabar.com/samachar/detail/55964/31/.shtml#sthash.epPAoqgq.fA3an5K8.dpuf
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment