भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
 |

काठमाण्डु, ४ पुस– इमान्दार छबि बनाएका सत्तारुढ दल एमालेका नेता लालबाबु पण्डित लगायतको टोलीले केही दिनअघि चीन भ्रमण गरेको थियो । सो भ्रमणको क्रममा चीनको हुनान प्रान्तमा रहेको विश्वकै सबैभन्दा ठूलो तेल ड्रिलिङ परियोजनाको अवलोकन गर्न समेत भ्यायो । त्यो अवलोकनसँगै उनीहरुले बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेताहरुसँग समेत नेपालको वर्तमान संकट र भावी विकासका सवालमा बहस गरे । सो भेटमा चिनियाँ नेताहरुले वर्तमान संकटदेखि नडराउन नेपाली प्रतिनिधि मण्डललाई आश्वासन समेत दिइएको बताइएको छ । भारतले लगाएको अघोषित नाकाबन्दी र त्यसको संकटमा रुमल्लिएको नेपाललाई अहिले चीनले नजिकबाट नियालिरहेकोले सो प्रतिनिधमण्डललाई उसले विकास निर्माण र संकटमा साथ दिने आश्वासन समेत दियो । चीन भ्रमणका क्रममा पण्डितको नेतृत्वमा रहेको १५ सदस्यीय प्रतिनिधि मण्डलले हुनानमा रहेको तेल ड्रिलिङ कम्पनीको अवलोकनसँगै नेपालमा पनि यस्तै एउटा कम्पनी निर्माण गर्न चीन र नेपालबीच बहस शुरु गर्नुपर्ने भन्दै विषय उठान समेत गरेको थियो । सो क्रममा कम्पनीले नेपालमा पनि तेल उत्खननका लागि ड्रिलिङ मेसिन दिने र तेल उत्पादन गरेर पछि उसको मूल्य तिर्न सकिने आश्वासन समेत दिएको श्रोतले बताएको छ । जलविद्युत, हेभि इक्विपमेन्ट, तेल ड्रिलिङ, वैकल्पिक उर्जा जस्ता क्षेत्रमा चीनले नेपालमा लगानी गर्ने चासो देखाएको र सरकारी स्तरबाट वार्ता गर्ने हो भने नेपालको आर्थिक विकासमा सहयोग पुग्न सक्ने भ्रमण दलमा सहभागी प्रतिनिधहरुले बताएका छन् । चिनियाँ नेताले हरेक दुई वर्षमा हुने खुन्मिङ एक्स्पोमा नेपाललाई प्राथमिकतामा राखेर नेपाली उत्पादनलाई चीनमा व्यापक विस्तार गर्न र चीनसँगको व्यापारमा नेपालले भोगिरहेको व्यापार घाटा कम गर्न सकिने सुझाव पनि प्रस्तुत गरेका गरेका थिए । एमाले प्रमण्डलले मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय ब्युरोका उपमहानिर्देशक चाङ सुयी र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री ली चुनसँग छलफल गरेको थियो। नेपालमाथि भारतले लगाएको नाकाबन्दी र त्यसले ल्याएको संकटमा चिनियाँ नेताहरु गम्भीर रहेको भ्रमण दलका प्रतिनिधिहरुले बताएका छन् । सो भ्रमणमा नेता लालबाबु पण्डितले मुलुकको विद्यमान संकट र त्यसको समाधानका लागि बहस उठान गर्न बेइजिङमा निकै सक्रियता देखाएका थिए ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
0 comments:
Post a Comment