Monday, December 21, 2015

आज यस बर्षकै छोटो दिन र रात लामो हुने

MR BloggeR | 10:43 PM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



काठमाडौं, पुस ७ । आज(मंगलबार) वर्षकै छोटो दिन हो । खगोलशास्त्र अनुसार सुर्य परीक्रमा गर्दा आज दिन छोटो र रात लामो हुने गर्दछ । आजबाट सुर्य उत्तरायण हुने हुनाले आजको दिन वर्षकै सबैभन्दा छोटो हुन्छ भने रात वर्षकै लामो हुन्छ ।

सुर्य पृथ्वीको उत्तरी गोलार्धतर्फ लाग्दा दिन छोटो हुन्छ भने दक्षिणी गोलार्धतर्फ लाग्दा दिनलामो हुन्छ । भोलिबाट क्रमशः दिन लामो हुँदै जाने र २१ जुनको दिन सबैभन्दा लामो हुने ज्योतिशास्त्री डा. सुनिल सिटौलाले जानकारी दिए ।

डा. सुनिलका अनुसार पृथ्बीले सूर्यलाई परिक्रमा गर्ने क्रममा सूर्यको प्रकाश मार्च २१ देखि सेप्टेम्बर २३ सम्म उत्तरी गोलार्द्ध माथि केन्द्रीत हुन्छ। अनि सेप्टेम्बर २४ देखि अर्को बर्षको मार्च २० सम्म दक्षिणी गोलार्द्धमा केन्द्रीत हुन्छ। मार्च र सेप्टेम्बरको बीचमा पर्ने जुन २१ तारिक उत्तरी गोलार्द्धको सबैभन्दा लामो दिन हो भने दक्षिणी गोलार्द्धका निम्ति सबैभन्दा छोटो हुन्छ ।

अनि सेप्टेम्बर र मार्चको बीचमा पर्ने डिसेम्बर २२ तारिक उत्तरी गोलार्द्धको सबैभन्दा छोटो दिन हुन्छ भने दक्षिणी गोलार्द्धको सबैभन्दा लामो दिन हो । उत्तरी गोलार्द्धमा पर्ने एसिया, युरोप, उत्तर अमेरिका लागि आज सबैभन्दा छोटो दिन हो। अनि दक्षिणी गोलार्द्धमा पर्ने अष्ट्रेलिया, अफ्रिका र दक्षिण अमेरिकाको सबैभन्दा लामो दिन हुन्छ ।

अफ्रिका महादेशलाई भुमध्य रेखाले बीचमा चिरेर दुई भाग लगाएको छ। तरपनि अफ्रिकाका ठूला एवं महत्वपूर्ण शहरहरु दक्षिणी गोलार्द्धमै पर्छन।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner