प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाधिनतामाथि आँच पुग्ने गरी आन्दोलन र नाकाबन्दी गरिनु विडम्बना भएको बताएका छन् । कैलालीको अत्तरियामा नेकपा एमालेद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेशी जनताको हित विपरित केही स्वार्थी नेताहरुले आन्दोलनका नाममा अनावश्यक निहु खोजेको आरोप लगाए । संविधानसभाबाट जारी संविधान दुनियाकै उत्कृष्ट भएको दाबी गर्दै उनले राष्ट्रहित विपरित कुनै पनि सम्झौता आफूले नगर्ने बताए ।
0 comments:
Post a Comment