Monday, December 21, 2015

चीनमा पहिरोमा पुरिएर ५९ जना बेपत्ता (फोटो फिचर)

MR BloggeR | 4:57 PM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



बेइजिङ, पुस ६ । चीनको दक्षिणी सहर शेनचेनमा गएको पहिरोमा पुरिएर ५९ जना बेपत्ता भएका छन् । पहिरोमा ३० भन्दा बढी घर ध्वस्त भएका छन् ।

पहिरोमा ५९ जना बेपत्ता भएको सरकारी अधिकारीले जनाएका छन् । औद्योगिक क्षेत्रका ३० भन्दा बढी भवन पहिरोमा पुरिएका हुन् । तीमध्ये दुईवटा आवासीय भवन हुन् ।

धेरैमानिसलाई पहिरो गएको स्थानबाट सुरक्षित स्थानमा सारिएको छ । उद्धार गरिएकाहरुले पहिरोमा अझै धेरै मानिस पुरिएको बताएका छन् । उद्धारकर्मीले बेपत्ता भएकामध्ये केही मानिस जीवित हुन सक्ने आशा गरेका छन् ।

समाचार एजेन्सीहरुका अनुसार भूस्खलनपछि ग्यास पाइपलाइनमा विस्फोट भएको थियो । सो विस्फोटबाट करिब एक लाख वर्गमिटर क्षेत्र माटोमा पुरिएको बताइएको छ ।









(एजेन्सी)

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner