Saturday, December 19, 2015

Only Modi can open Border

MR BloggeR | 8:33 PM |

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस



काठमाडौं , ४ पुस । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नाकाबन्दी खुल्यो भनेर एक पटक भन्दिए नाकाबन्दी खुल्ने बताएका छन् । उपाध्यायले भने-‘मोदीजीले नै एक पटक बोलेर यो मामिला समाधान भयो भनिदिनुपर्छ । म उहाँलाई भेटेर कुारकानी गर्ने पक्षमा छु, म प्रतीपक्षमा छु ।’

सार्थक परिणाम नभएकाले प्रधानमन्त्री तहमा कुराकानी गर्न गाह्रो रहेको भन्दै उपाध्यायले भने-‘अहिले नेपाल र भारतका प्रधानमन्त्रीको तहमा कुराकानी गर्न पनि गाह्रो अवस्था छ, किनभने सार्थक परिणाम आएको छैन् । परिणामबिहीन वार्ताको बीचमा के गर्ने भन्नेमा प्रधानमन्त्री मोदीजी बच्न खोज्नुभएको हो कि भन्ने मैले बुझेको छु ।’

उपाध्यायले नाकाबन्दी कहिले खुल्ने भनेर दिन तोक्न नसकेपनि समाधानका लागि प्रक्रिया सुरु भएको बताए । नेपाल र भारत दुवैले महसुस गरेको भन्दै उनले भने ‘हामीले नेपालभित्र आन्तरिक समस्या जति छिटो समाधानका लागि पहल गछौं, भारतबाट त्यति नै छिटो अवरोध हट्ने कुरामा म विश्वस्त छु ।’

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 Butwal News
Distributed By My Blogger Themes | Template Design By BTDesigner