भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
काठमाडौं, पुस ४ । संयुक्त मधेसी मोर्चाले पाँच चरणका नयाँ आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै सिमा नाका र राजमार्गको अवरोध हटन सक्ने संकेत गरेको छ । शनिबारको नयाँ पत्रिका दैनिकले ‘नाका र राजमार्गको अवरोध हटने’ विषयमा समाचार लेखेको छ ।
नयाँ चरणका कार्यक्रमहरु अनुसार संविधान संशोधनको प्रस्ताव जलाउने, जिल्ला सदरमुकाममा विरोधसभा गर्ने, विभिन्न दल तथा संगठनसँग
यद्यपी, आन्दोलनका कार्यक्रम मत्थर बनाए पनि मधेसी मोर्चा सरकारप्रति नरम छैन । मधेस आन्दोलनका विपक्षमा हुने गतिविधि र कार्यक्रमको प्रतिरोध गर्ने मोर्चाका नेताहरुको चेतावनी छ ।
उनीहरुले स्थानीय विकास मन्त्रालयले संचालन गरेको संविधानको जानकारी दिन जारी गरेको कार्यक्रम विथोल्ने घोषणा गरेका छन् । ‘मन्त्री, सांसद र सरकारी प्रतिनिधि सहभागी हुने सरकारी कार्यक्रम विथोलिने छ,’मोर्चाले भनेको छ ।
यता ७५ जिल्लालाई कायम राखेर गरिने निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी व्यवस्था मान्न नसकिने मार्चाको निष्कर्ष छ । सरकारले जनसंख्या र भौगोलिक अनुकुलता र विशिष्टताका आधारमा निर्बाचन क्षेत्र निर्धारण गर्ने गरी संविधानमा संशोधन प्रस्ताव गरेको छ ।
मोर्चाले सरकारसँग बार्ता गर्न नसकिने उल्लेख गर्दै यदि मधेसका माघ सम्बोधन गर्न सकिने प्रष्ट धारणा सरकारको आए मधेसमै बार्ता गर्ने बताएको छ ।
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment